Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्यो

Advertisement800×200-1

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। पुनर्बहालीका लागि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षको धारणा सुन्न इजलासले मंसिर ७ गते छलफलका लागि बोलाएको छ। सरकारले कात्तिक १८ गते आईजीपी पदबाट हटाएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए। कात्तिक २० गते दर्ता भएको उक्त रिटमा बुधबार पहिलो सुनुवाइ भएको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर