Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मुकुल ढकाल र निशा डाँगीको विवाह मंसिर १० गते, लामिछाने र अर्याललाई निमन्त्रणा

Advertisement800×200-1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगीले मंसिर १० गते विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह झापाको मंगलबारेमा हुने पारिवारिक स्रोतले जनाएको छ। डाँगीका आफन्तको घरमा हुने विवाह समारोहमा परिवारका सदस्य र सीमित आफन्त सहभागी हुनेछन्।
ढकालको विराटनगर–३, दूधफारमस्थित निवासमा पनि विवाहको तयारी भइरहेको छ। विवाहको दुई दिनपछि मंसिर १२ गते पार्टीका शीर्ष नेता र आफन्तका लागि प्रीतिभोज राखिएको छ। विवाहमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने र नेता डीपी अर्याललाई पनि निमन्त्रणा पठाइएको छ।
पार्टीको आन्तरिक विवाद र कारबाहीका विषयमा विगतमा ढकाल र लामिछानेबीच मतभेद देखिएको थियो। डाँगी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनी २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर