Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चीनमा ट्रम्प, सी र पुटिनको ऐतिहासिक भेट

Advertisement800×200-1

चीनको सेन्जेनमा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटघाट भएको छ। क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र सी जिनपिङ रेड कार्पेटमा सँगै देखिएका छन्। भिडियोमा ट्रम्प, सी जिनपिङ र उनकी पत्नी उभिइरहेका छन्। त्यही बेला पुटिन त्यहाँ पुग्छन् र ट्रम्पसँग हात मिलाउँछन्। त्यसपछि दुवै नेताले एकअर्काको काँधमा हात राखेर अभिवादन गर्छन्।

सन् २०२५ अगस्टमा अमेरिकाको अलास्कामा भएको रुस–अमेरिका शिखर बैठकपछि ट्रम्प र पुटिनबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो। यसैले यस भेटलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। बिहीबार दिउँसो सी जिनपिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच त्रिपक्षीय शिखर बैठक पनि प्रस्तावित छ। तीनै नेताले एकैसाथ औपचारिक बैठक गर्न लागेको यो पहिलो अवसर हुनेछ।

यसअघि बुधबारै ट्रम्प चीन पुग्दा चिनियाँ राष्ट्रपति सी विमानस्थल पुगेर स्वागत गरेका थिए। मनिलादेखि सेन्जेनसम्म भ्रमणका लगभग हरेक गन्तव्यमा ट्रम्पका लागि रेड कार्पेट बिछ्याइएको थियो। रुसी सञ्चारमाध्यमले ट्रम्प, सी र पुटिन एकै ठाउँमा उपस्थित भएको दृश्यलाई ठूलो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन्। केही रुसी सञ्चारमाध्यमले उक्त दृश्यलाई दिनकै सबैभन्दा महत्त्वपूर्ण तस्बिरका रूपमा प्रस्तुत गरेका छन् भने एक सरकारी समाचार एजेन्सीले यसलाई ‘ऐतिहासिक हात मिलाइ’ को संज्ञा दिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर