नेपाली कुस्ती टोली कीर्गिस्तानमा दुईवटा फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै

नेपाली कुस्ती खेलाडिहरू कीर्गिस्तानको बिस्केकमा आयोजना हुँदै गरेको सिनियर एसियाली कुस्ती प्रतियोगितामा सहभागी हुँदैछन्। सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगिता अप्रिल १२ देखि १४ सम्म सञ्चालन हुनेछ। पुरुष ७४ केजी तौल वर्गमा सुरेश चुनारा र ९७ केजी तौल वर्गमा त्रिलोकीप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्नेछन्।
१९ चैत, काठमाडौं। नेपाली कुस्ती खेलाडीहरू कीर्गिस्तानको बिस्केकमा हुने दुईवटा फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको समाचार प्राप्त भएको छ। अप्रिल ५ देखि १२ सम्म सञ्चालन हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता र अप्रिल १२ देखि १४ सम्म सञ्चालन हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा नेपाली खेलाडीले भाग लिने भएका छन्।
दुवै प्रतियोगितामा पुरुष ७४ केजी तौल वर्गमा सुरेश चुनारा र ९७ केजी तौल वर्गमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सुरेशले गत वर्ष भारतमा आयोजना भएको एसियाली बेल्ट प्रतियोगितामा कांस्य पदक जितिसकेका छन्।
प्रशिक्षकको रूपमा मुम्ताज अली इद्रिसीले सम्हालेको टोलीमा यी दुई खेलाडीसहित कुल ३ सदस्य रहनेछन्। टोली चैत २४ गते कीर्गिस्तान प्रस्थान गर्ने तयारीमा छ।
अप्रिल ५ तारिखमा कीर्गिस्तानमै आयोजना हुने युनाइटेड वर्ल्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेकी नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार प्रस्थान गर्नेछन्। राखेपका सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई सफलताको शुभकामना दिंदै बिहीबार विदाइ गरेका थिए।






