Skip to main content

इरान युद्धमा अमेरिकाले दैनिक कति खर्च गरिरहेको छ?

२० चैत, काठमाडौं । इरानसँगको युद्ध अमेरिकाका लागि महँगो सावित हुँदै आएको छ। अमेरिकी मिडिया रिपोर्टहरू अनुसार, गत महिना युद्धका छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई अहिलेसम्म युद्धमा ११.३ अर्ब डलर खर्च भइसकेको जानकारी दिएको थियो। युद्धमा सयौं टमहक मिसाइलहरू प्रयोग भइसकेका छन् र प्रति टमहक मिसाइलको मूल्य लगभग ३५ लाख डलर रहेको बीबीसीले उल्लेख गरेको छ।

युद्ध लम्बिँदै गएसँगै अमेरिकाका लागि दैनिक खर्च फरक–फरक देखिएको समाचारहरूमा जनाइएको छ। अमेरिकी अधिकारीहरूले खर्चमा कमी आएको दाबी गरेका छन्। तर, विशेषज्ञहरूले युद्धमा हाल पनि दैनिक लगभग ३८५ मिलियन डलर खर्च भइरहेको अनुमान गरेका छन्। अमेरिकी रक्षा मन्त्रालयले इरानी ड्रोन र मिसाइल हमलामा ९० प्रतिशत कमी आएको जनाएको छ।