Skip to main content

गौतमश्री बहुउदेशीय सहकारीका व्यवस्थापक रवीन बिष्ट पक्राउ

काठमाडौंस्थित कुलेश्वरमा अवस्थित गौतमश्री बहुउदेशीय सहकारी संस्थाका व्यवस्थापक रवीन बिष्टलाई पक्राउ गरिएको छ। उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। रवीन बिष्टमाथि करिब साढे पाँच अर्बभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ र काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइनेछ।

२० चैत, काठमाडौं। कुलेश्वरस्थित गौतमश्री बहुउदेशीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय रवीन बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट उनलाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ, भनी अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिनुभयो।

पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ। उक्त सहकारीमाथि करिब साढे पाँच अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ।