Skip to main content

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार शपथ लिने तयारी

२० चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) पद तथा गोपनीयताको शपथ आइतबार (चैत २२) लिन लागेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार, उनका शपथ ग्रहण कार्यक्रम आइतबार दिउँसो साढे २ बजे तय गरिएको छ।

सभामुख अर्यालको शपथ ग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। शुक्रबार सम्पन्न सभामुख पदको मनोनयन दर्तिका क्रममा अर्याल एकल उम्मेदवार थिए र त्यसैले निर्विरोध रूपमा निर्वाचित भएका हुन्।