Skip to main content

निर्वाचनमा रोकिएको मतदाता नामावली संकलन कार्य भोलिदेखि पुन: सुरु हुँदै

२१ चैत, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले चैत १८ गतेको बैठकमा उक्त कार्यक्रम पुनः प्रारम्भ गर्ने निर्णय गरेको हो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नेपाली नागरिकहरूले त्यसमा निहित विवरण भरेर अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औंठाछापसहित जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ। प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट पनि नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।