
काठमाडौंमा राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देउ”, “पेट्रोलमा कर खारेज गर” जस्ता नाराले सजिएका प्लेकार्डहरू देखाएका थिए। उनीहरूले पेट्रोलमा लाग्ने विभिन्न करहरू खारेज गरी मूल्य घटाउनुपर्नेमा जोड दिएका छन्। (२१ चैत, काठमाडौं)
पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि बढ्न सक्ने भएपछि उनीहरूले विरोध जनाएका हुन्। उनीहरूले प्रदर्शनमा “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देउ”, “पेट्रोलमा कर खारेज गर” लेखिएका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानद्वारा आयोजित यस प्रदर्शनमा सहभागीहरूले हाल पेट्रोलमा लाग्ने करहरू हटाएर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए।






