
महेशविक्रम सिंहले बताएका छन्, “आज देशमा जुन प्रकारको कठपुतली सरकारले स्थापना पायो, त्यसले राष्ट्रिय हितमा गम्भीर खतरा निम्त्याइरहेको छ र त्यसप्रति चिन्ता बढ्दै गइरहेको छ।” उनले वर्तमान सरकारको कार्यशैलीलाई कडा रुपमा आलोचना गर्दै यसले देशको स्वतन्त्रता र राष्ट्रियता माथि गम्भीर प्रश्न उठाएको बताएका छन्।






