बामदेवको खुलापत्र: प्रधानमन्त्री बालेन्द्र शाहलाई केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न आग्रह

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले प्रधानमन्त्री बालेन्द्र शाहलाई केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न खुलापत्र लेखेका छन्। गौतमले ७४ वर्षका ओली वृद्ध र शारीरिक रुपमा अस्वस्थ रहेको उल्लेख गर्दै रातारात घर घेरेर पक्राउ गर्ने तरिका गलत भएको बताएका छन्। उनले प्रधानमन्त्रीलाई ओलीलाई अपमानित गरी हिरासतमा राख्नुको कारण र प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने प्रश्न उठाएका छन्। २१ चैत, काठमाडौं।
गौतमले ओलीको अवस्था र यस किसिमको दुःख भोगाउनु उचित नठानेर प्रधानमन्त्री शाहलाई उक्त गल्ती सच्याउन आग्रह गरेका छन्। उनले भने, “केपी शर्मा ओलीका विरुद्ध लागेका वा लगाइएका आरोपलाई घटना, प्रमाण र कानुन अनुसार परीक्षण पहिल्यै गरिनुपर्ने थियो।”
गौतमले पत्रमार्फत प्रधानमन्त्री शाहसमक्ष केही प्रश्न पनि राखेका छन्। उनले भने, “७४ वर्षका वृद्ध नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई किन अपमानित गर्दै हिरासतमा राखिन्छ?” उनले थपे, “उहाँलाई थुन्न लागेका जे–जे तथ्य छन्, ती सबै अदालतबाट प्रमाणित भएपछि मात्र कारबाही हुनुपर्ने होइन र?”






