
राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरेका छन्। अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधि सभाको बैठकले आज अर्यालको सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ। २२ चैत, काठमाडौं।
प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गरिएको छ। रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै पार्टीहरुलाई धन्यवाद व्यक्त गरेका छन्। ‘यो सहयोग र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने।
रविको प्रस्तावलाई डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन्। शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।






