
समाचार सारांश संपादकीय समीक्षा पश्चात प्रस्तुत। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केह्रुङले निजी क्षेत्रका सञ्चार माध्यमहरूले सरकारी विज्ञापन नपाउने विषय संसद्मा उठाएका छन्। केह्रुङले सरकारले नयाँ नीति अनुसार निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको भन्दै त्यसबाट पछि हट्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले सरकारको यो कदम उदार अर्थतन्त्रको नीतिसँग विपरीत रहेको उल्लेख गरेका छन्। २४ चैत, काठमाडौं। निजी क्षेत्रका सञ्चार माध्यमहरूले सरकारी विज्ञापन नपाउने विषय संसद्मा उठेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केह्रुङले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नयाँ सरकारले सत्ता सम्हालेसँगै निजी क्षेत्रका सञ्चार माध्यमहरूले पाउने गरेको विज्ञापन रोक्ने निर्णय गरियो। सरकारको यो कदम उदार अर्थतन्त्रको नीतिसँग मेल खाँदैन’ उनले भने। सांसद केह्रुङले निजी क्षेत्रका सञ्चार माध्यमहरूले सरकारी विज्ञापन नपाउने निर्णयबाट पछि हट्न सरकारसँग माग गरेका छन्।






