Skip to main content

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा सञ्चालन, ९ जना पक्राउ

२५ चैत, काठमाडौं । ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा सञ्चालन गरिरहेको खुलासा भएको छ। काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा सञ्चालन गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक चेत यादव, आशिष शर्मा, रौनक सिंह र नेपाली नागरिक पूर्वी नवलपरासीका सुजन दुवाडी, तनहुँका निरोज राना, कास्कीका आशिष रेग्मी, दाङका हार्दिक पोखरेल, लमजुङका सुरेश पराजुली र डोटीका योगेन्द्र कुँवर छन्।

उनीहरूलाई ललितपुरको हात्तिवनस्थित सिटी स्पेस अपार्टमेन्टबाट पक्राउ गरिएको छ भने अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए। एसपी भट्टका अनुसार उनीहरूले करिब ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ कारोबार गरेको पाइएको छ।