Skip to main content

ज्ञानेन्द्र शाहीले भने- उपसभामुख पद हाम्रो प्राथमिकता होइन

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको प्राथमिकता नभएको बताएका छन्। प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ, जहाँ राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ। शाहीले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको र उपसभामुख पद प्राथमिकता नभएको स्पष्ट पारेका छन्।

२७ चैत, काठमाडौं। शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, “एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन।” उनले थपे कि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिएको हो। लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन्।