२८ चैत, काठमाडौं । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, महामाया पथमा बस्दै आएका करिब ७० वर्षीय पुरुष शनिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार, अहिलेसम्म उनको पहिचान खुलिसकेको छैन। प्रहरीले यो घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।