
चितवनमा मोटरसाइकल र स्कुटर ठक्कर हुँदा २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको छ। यो दुर्घटना भरतपुर महानगरपालिका–५, सापकोटा चोकस्थित सडकमा शनिबार दिउँसो भएको थियो। स्कुटर चालकलाई नियन्त्रणमा लिइएको छ भने घाइते अर्का एक जनाको उपचार भइरहेको छ।
२८ चैत, काठमाडौं। चितवनमा मोटरसाइकल र स्कुटर ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–५, सापकोटा चोकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर ठक्करिएको थियो। शनिबार दिउँसोको दुर्घटनामा मोटरसाइकल चालक, सोही महानगरपालिका–५, शान्ति चोक बस्ने, बाराका २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते स्कुटर सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।






