बार्सिलोनाले दोस्रो लेग जित्दा पनि प्रतियोगिताबाट बाहिरियो, एट्लेटिको सेमिफाइनलमा प्रवेश

युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्यो। तर, समग्र स्कोरमा ३-२ ले पछि परेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरियो। एट्लेटिको मड्रिड सेमिफाइनलमा पुगेको छ।
२ वैशाख, काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना विजयी भए पनि समग्र स्कोरमा पछि परेको कारण प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार राति भएका खेलमा बार्सिलोना सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शनमा थियो, तर आवश्यक नतिजा निकाल्न सकिएन।
बार्सिलोनाले मड्रिडमा भएको खेलको चौथो मिनेटमा लामिन यमालको गोलबाट अग्रता लियो। २४औं मिनेटमा फेरान टोरेसले गोल गर्दै समग्र स्कोर बराबरी बनाए। तर, ३१औं मिनेटमा एडेमोला लूकमनले गोल गर्दै एट्लेटिकोको अग्रता कायम राखे। दोस्रो हाफमा बार्सिलोनाले निरन्तर आक्रमण गर्यो, तर गोल गर्न सकेन। ७९औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाउदा बार्सिलोनाको टोली १० खेलाडीसम्म सीमित भयो। अन्त्यसम्म बराबरी गोल गर्न नसकेपछि बार्सिलोनाको पुनरागमन प्रयास असफल रह्यो। यस जितसँगै एट्लेटिको मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ। अब उसले आर्सनल र स्पोर्टिङ सीपीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।






