Skip to main content

सिंहदरबारभित्र रंगीचंगी फूलहरूको झल्को (तस्बिरहरू)

फूलहरूले किराफट्याङ्ग्रा र चराचुरुङ्गीहरूलाई खाना, आकर्षण र सुरक्षात्मक वातावरण प्रदान गर्छन्। फूलप्रतिको मानिस र चराहरूको आकर्षणले मानवीय स्वभाव र प्राकृतिक आवश्यकतालाई प्रष्ट पार्छ। ३ वैशाख, काठमाडौं। विभिन्न प्रजातिका रंगीचंगी फूलहरूले मानिसहरूको मनमोहक ध्यान तानेका छन्। फूलको सौन्दर्यले मानव जातिलाई आकर्षित गर्छ। फूलप्रतिको आकर्षण मानवीय स्वभावको अभिव्यक्ति भएकाले मात्र होइन, किराफट्याङ्ग्रा देखि चराचुरुङ्गीहरूलाई पनि यो आकर्षित गर्छ। फूलप्रतिको चराहरूको आकर्षणका विभिन्न कारणहरू छन्। फूलहरूले चराहरूलाई खाना, आकर्षण र सुरक्षित बसोबासको संयोजन प्रदान गर्छन्, जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलप्रति मोहित हुन्छन्। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र अहिले रंगीचंगी फूलहरूले भरिएको छ। सिंहदरबारभरिका रंगीचंगी फूलहरूले वरिपरि बस्ने भँगेरा, जुरेली, सारौंजस्ता चराहरूलाई स्वागत गरिरहेको जस्तो लाग्छ। रंगीचंगी फूलहरूभित्र चराहरू स्वतन्त्र रूपमा भुर्रभुर्र गर्दै आनंदित र रमाएका छन्।