Skip to main content

रास्वपाको सचिवालय बैठक आइतबार, के-के छन् एजेन्डा?

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालयको बैठक राखेको जानकारी दिएका छन्, जसको सूचना प्रवक्ता मनिषले दिएका छन् । बैठकमा ६ वटा मुख्य एजेन्डा तय गरिएको छ ।

उनका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरू, योजनाहरू आह्वान र विविध अन्य विषयहरूमा छलफल हुनेछन् । विविध विषयहरूमा पनि प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको छ भन्ने जानकारी उनले दिएका छन् ।