
नेपाली कांग्रेसले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। अनुशासन समितिले तामाङले पार्टी र नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो। ७ वैशाख, काठमाडौं।
कांग्रेसका केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरले जानकारी दिँदै भने, “जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पद र मर्यादा नबुझी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको छ।” यसै कारणले तामाङलाई स्पष्टीकरणको लागि तीन दिनको समय दिइएको हो।






