Skip to main content

रवि लामिछानेविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गर्यो

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ आदेश जारी गरेको हो। बडालले अदालत प्रशासनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दिन पाउनेछन्। ८ वैशाख, काठमाडौं।

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो। यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ। तर, उनले अदालत प्रशासनको यो आदेशविरुद्ध सर्वोच्च अदालतमै फेरि अर्को निवेदन दिन पाउँछन्। सर्वोच्च अदालतको एक न्यायधीशको एकल इजलासले त्यो निवेदनको सुनुवाइ गरी दरपीठ आदेश बदर गरेमा अदालत प्रशासनले निवेदन दर्ता गर्नुपर्छ। सम्पत्ती शुद्धीकरणको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए।