
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरेका छन्। लिङ्देनले कार्कीलाई पार्टीको केन्द्रीय सदस्यसहित सबै जिम्मेवारीबाट मुक्त गरिएको जानकारी पत्रमार्फत उपलब्ध गराएका छन्। उक्त पत्रमा कार्कीलाई जिम्मेवारीमा रहेर गरेको योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। ११ वैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई सबै पार्टी जिम्मेवारीबाट मुक्त गरेको बताएका छन्। ‘तपाईंलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसहित पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको छ,’ लिङ्देनले कार्कीलाई लेखेको पत्रमा उल्लेख छ, ‘यहाँले अहिलेसम्म जिम्मेवारीमा रहेर गरेकामा हार्दिक धन्यवाद।’






