Skip to main content

धौलागिरी हिमाल आरोहणका क्रममा घाइते आरोहीको सफल उद्धार

१३ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरी हिमाल आरोहण गर्ने क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ। आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरी हिमाल सफलतापूर्वक आरोहण गरी फर्कँदै गर्दा शुक्रबार बिहान चुचुरो नजिकैबाट चिप्लिएर करिब चार सय मिटर तल खसेपछि सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मालाई गम्भीर चोट लागेको थियो। उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए, ‘बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरी शनिबार राति मिङ्मालाई आधार शिविरमा ल्याएका थियौं।’ उनले थपे, ‘अचेत भेटिएका उनको स्वास्थ्य अवस्था एकदमै सुधार हुँदै गएको छ।’