
१६ वैशाख, काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ५७ पैसा र बिक्री दर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ५५ पैसा र बिक्री दर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९१ रुपैयाँ १६ पैसा र बिक्री दर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ १३ पैसा र बिक्री दर १०८ रुपैयाँ ५६ पैसा, क्यानाडियन डलर एकको खरिद दर ११० रुपैयाँ ४६ पैसा र बिक्री दर ११० रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ १८ पैसा र बिक्री दर ११८ रुपैयाँ ६५ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४५ पैसा र बिक्री दर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ०८ पैसा र बिक्री दर २२ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ २५ पैसा र बिक्री दर ४० रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४१ पैसा र बिक्री दर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६४ पैसा र बिक्री दर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ १० पैसा र बिक्री दर ४१ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३८ रुपैयाँ २० पैसा र बिक्री दर ३८ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ २८ पैसा र बिक्री दर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६३ पैसा र बिक्री दर २३ रुपैयाँ ७२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिद दर ४९२ रुपैयाँ ७२ पैसा र बिक्री दर ४९४ रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिद दर ४०० रुपैयाँ १९ पैसा र बिक्री दर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिद दर ३९२ रुपैयाँ १२ पैसा र बिक्री दर ३९३ रुपैयाँ ६८ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।






