
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सिंहदरबारमा भेटवार्ता गरेका छन्। राजदूत बासले आङ्देम्बेलाई दलको नेता चयनमा बधाई तथा शुभकामना दिएका थिए। भेटवार्तामा नेपाल–इजरायल द्विपक्षीय आपसी हितको पक्षमा कुराकानी भएको थियो। १६ वैशाख, काठमाडौं।
राजदूत बासले बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता आङ्देम्बेसँग भेट गरेका हुन्। भेटका क्रममा आङ्देम्बेले राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन्। यस भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र आपसी हितका विषयमा चर्चा भएको बताइएको छ।






