Skip to main content

संयुक्त अरब इमिरेट्सले इरान, इराक र लेबनानका लागि यात्रा प्रतिबन्ध घोषणा गर्यो

संयुक्त अरब इमिरेट्सले इरान, इराक र लेबनानतर्फ यात्रामा जाने आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ। यूएईको विदेश मन्त्रालयले ती तीन देशको यात्रा नगर्न र तिनीहरूमा रहेका नागरिकहरूलाई तत्काल फर्कन आग्रह गरेको छ।

यूएईले तेल उत्पादक देशहरूको समूह ओपेक र ओपेक प्लसबाट बाहिरिने निर्णय पनि गरिसकेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यानमा राख्दै, देशको हितका लागि विदेश मन्त्रालयले यूएईका नागरिकहरूलाई इरान, इराक र लेबनानका लागि यात्रा प्रतिबन्ध लगाएको घोषणा गर्दछ।’ साथै, ती देशहरूमा रहेका यूएईका नागरिकहरूलाई तत्काल आफ्नो देश फर्कन पनि आग्रह गरिएको छ।