
रोल्पाको जलजलामा वैशाख पूर्णिमाको मेलामा सहभागी भई गएको बोलेरो जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ। मृतकहरू सिस्ने गाउँपालिका ५, टाकुरा, रुकुम पूर्व, भुमे ५, रुकुम पूर्व र दाङका विभिन्न स्थानका रहेका छन्। घाइते समीर कामी उपचारपछि घर फर्किसकेका छन् भने शव परिवारलाई बुझाउने प्रक्रिया भइरहेको छ।
बिहीबार रोल्पाको यस जिप दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार मृत्यु हुने २० जनाको सनाखत भइसकेको छ। वैशाख पूर्णिमाको अवसरमा जलजालामा आयोजना गरिएको मेलामा सहभागी हुदै गर्दा लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो।
ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडानं. ५ टाकुरा गाउँ, रुकुम पूर्व, घोराही उपमहानगरपालिका-१५ रतनपुर, दाङ र भुमे गाउँपालिका, रुकुमपूर्वका हुन्। दुर्घटनामा एक जना घाइते भएका थिए। घाइते समीर कामी सिस्ने ५ का रहने हुन्। प्रहरीका अनुसार शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको छ।
मृतकहरूको नामावली यस प्रकार छ: १. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष) २. तिलकुमारी बुढाथोकी (५३ वर्ष) ३. युवा बुढाथोकी (२८ वर्ष) ४. दिव्यन बुढाथोकी (१० वर्ष) ५. सृजना बुढाथोकी (२४ वर्ष) ६. सुदीप बुढाथोकी (१३ वर्ष) ७. ओमकुमारी बुढाथोकी (४० वर्ष) ८. मीना कामी (६० वर्ष) ९. लक्ष्मी शाह (६० वर्ष) १०. रुक्मिणा बस्नेत (भुमे–५, रुकुम पूर्व) ११. टेकप्रसाद बुढामगर (दाङको घोराही–१५, रतनपुर) १२. दोरपती जिसी (५४ वर्ष) १३. तिला जिसी (३२ वर्ष) १४. जेनिस जिसी (७ वर्ष) १५. जेनिसा जिसी (१२ वर्ष) १६. एलिना जिसी (२५ वर्ष) १७. संयोग जिसी (७ वर्ष) १८. यमबहादुर जिसी (उमेर खुल्न सकेको छैन, घोराही–१३, दाङ) १९. धनमाया विष्ट (शान्तिनगर, दाङ, हाल सिस्ने–५, रुकुम पूर्व) २०. बेदु कामी (४२ वर्ष, सवारी चालक)






