Skip to main content

डोल्पामा जिप दुर्घटनामा १२ जना घाइते, तीनको अवस्था गम्भीर रहेको छ

२१ वैशाख, डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ। सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। ब्रेक फेल हुँदा जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिनुभएको छ।

उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्थामा गम्भीरता देखिएको छ। ती घाइतेहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ। अन्य ९ घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ, वडाध्यक्ष बुढाले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय डोल्पाले घटनास्थलमा प्रहरी पुगेको र घटनाको विस्तृत विवरण संकलन गर्न बाँकी रहेको जनाएको छ।