
रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थान बरामद गरेको छ। २३ वैशाख, काठमाडौं।
पोखरा महानगरपालिका–१३ काहुँखोलामा जुवातास खेलिरहेको अवस्थामा ५१ वर्षीय चित्रबहादुर रानाभाटसहित १० जना पक्राउ परेका छन्। उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित वडा प्रहरी कार्यालय रामबजारबाट पक्राउ गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले गत रात उक्त क्यासिनोमा उनीहरूलाई पक्राउ गरेको हो।





