
२३ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए ठूलो बमबारी गरिने चेतावनी दिएका छन्। बुधबार ट्रुथ सोशलमार्फत आफ्ना अभिव्यक्ति सार्वजिक गर्दै ट्रम्पले भनेका छन्, इरानले सम्झौता गरे युद्ध र नाकाबन्दी दुवै समाप्त हुनेछ, नभए भने ठूलो बमबारी गरिनेछ।
‘इरानसँगको युद्ध र नाकाबन्दी सम्झौतासँगै समाप्त हुन सक्छ,’ उनले लेखेका छन्, ‘तर यदि इरान कुनै सम्झौतामा सहमति जनाउन नसक्यो भने बमबारी अझ तीव्र र व्यापक रूपले गरिने सम्भावना छ। दुःखको कुरा यो हो कि त्यो बमबारी अघिल्लो भन्दा धेरै गुणा ठूलो र तीव्र हुनेछ।’ इरानले सहमति जनाएर आवश्यक कदम चाल्न तयार भए त्यो ‘एक ठूलो उपलब्धि’ हुने ट्रम्पले बताएका छन्। यदि यस्तो भयो भने ‘अपरेसन एपिक फ्युरी’ तुरुन्तै समाप्त गर्ने उनले बताए।






