Skip to main content

२४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्दा १८ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन

बितेका २४ घण्टामा १,८०६ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघनका कारण कारबाही गरिएको छ। यसबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राज्यकोषमा राजस्व प्राप्त भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ७७, राइड सेयरिङ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घन गरेका १०६ र तीव्र गतिमा सवारीसाधन चालाएको ८८ जना विरुद्ध कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किंग गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य विभिन्न सवारी नियम उल्लंघनमा १,०६२ जनालाई समेत कारबाही गरिएको छ। २५ वैशाख, काठमाडौं।