
उदयपुरको चौदण्डीगढी नगरपालिकाले जातीय विभेद र छुवाछूतमुक्त पालिका घोषणा कार्यान्वयन अभियान सुरु गरेको छ। नगर प्रमुख कालुमान लामाले औपचारिक रूपमा छुवाछूतमुक्त नगरपालिका घोषणा गरेका छन्। नगरपालिकाले जातीय विभेद अन्त्यका लागि दलित सशक्तीकरण ऐन पारित गरिसकेको छ। २६ वैशाख, काठमाडौं।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जातीय विभेद र छुवाछूतमुक्त पालिका घोषणा कार्यान्वयन अभियान सुरु गरिएको छ। ‘हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता: जातीय छुवाछूत मुक्त चौदण्डीगढी नगरपालिका’ भन्ने नारा सहित चौदण्डीगढी नगरपालिकाले यो अभियान सुरु गरेको हो। शनिबार पालिकाको केन्द्र बेल्टार बजार स्थित बसपार्कमा आयोजित कार्यक्रममा नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरलाई औपचारिक रूपमा छुवाछूतमुक्त घोषणा गरे।
यस अभियानको प्रभावकारी कार्यान्वयनका लागि सबै वडा, सबै टोल विकास संस्था र जिम्मेवार निकायहरूको पूर्ण सहयोग आवश्यक रहेको उनले बताए। उनले जातीय विभेद र छुवाछूत अन्त्य गर्न नगरपालिकाले दलित सशक्तीकरण ऐन समेत पारित गरिसकेको जानकारी दिए। कार्यक्रममा सहभागीहरूले जातीय विभेद अन्त्यका लागि स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।






