
सिड्नी थन्डरले एन्ड्र्यू फ्लिनटफलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने तयारी गरिरहेको छ। फ्लिनटफले २०२४ र २०२५ मा नर्थन सुपरचार्जर्सको प्रशिक्षक भएर क्रमशः चौथो र तेस्रो स्थान हासिल गरेका थिए। थन्डरले फ्लिनटफको पहिलो महत्वपूर्ण निर्णय टोली कप्तान डेविड वार्नरको भविष्य सम्वन्धी हुन सक्ने बताएका छन्।
अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) टोली सिड्नी थन्डरले आफ्नो नयाँ मुख्य प्रशिक्षकका रूपमा पूर्व प्रशिक्षक एन्ड्र्यू फ्लिनटफलाई नियुक्त गर्ने तयारी गरिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार फ्लिनटफको नियुक्ति चाँडै औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ। थन्डरले पाँच वर्षे कार्यकाल पूरा गरेका मुख्य प्रशिक्षक ट्रेभर बेलिससँग अलग्गिएकोपछि नयाँ प्रशिक्षकको खोजीमा लागेको थियो।
बेलिसको नेतृत्वमा थन्डरले २०२४–२५ सिजनमा बीबीएलको फाइनलमा प्रवेश गरेको भए पनि २०२३–२४ र २०२५–२६ सिजनमा टोली अन्तिम स्थानमा रहेको थियो। ४७ वर्षीय फ्लिनटफ पछिल्लो एक वर्षदेखि इंग्ल्यान्ड लायन्सको प्रशिक्षकको रूपमा काम गरिरहेका छन्। उनले अस्ट्रेलिया भ्रमणको क्रममा पनि इंग्ल्यान्ड लायन्सको नेतृत्व गरेका थिए।
फ्लिनटफसँग बीबीएलको पुरानो सम्बन्ध पनि छ। उनले खेलाडीका रूपमा ब्रिसबेन हिटबाट २०१४–१५ सिजन खेलेका थिए, जुन उनको व्यावसायिक क्रिकेट करियरको अन्तिम टोली थियो। फ्लिनटफ प्रशिक्षक नियुक्त भएपछि उनको पहिलो ठूलो निर्णय टोली कप्तान डेभिड वार्नरको भविष्यबारे हुन सक्ने छ। वार्नर हाल मदिरा सेवन गरेर सवारी चलाएको आरोपमा कानुनी प्रक्रियामा नाम फसेको बताइएको छ।






