चीन भ्रमणमा ट्रम्प: अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सीलाई ‘महान् नेता’ बताए

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई “महान् नेता” भनेका छन्। उनीहरूबीच लगभग दुई घण्टा लामो वार्ता भएको थियो। ट्रम्पले यस वार्तालाई “भव्य” भनेका छन्।
चीनको औपचारिक भ्रमण क्रममा ट्रम्पलाई चिनियाँ पक्षले भव्य स्वागत गरेको थियो। वार्ता सुरु हुनासाथ चिनियाँ सरकारी सञ्चारमाध्यमले सीले ताइवानको विषयमा अमेरिकासँग “संघर्ष” हुन सक्ने चेतावनी दिएका थिए। तर ट्रम्पले ताइवान सम्बन्धी छलफल भए या भएन भन्ने खुलाएको छैन।






