
नवलपुरी कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको छ। स्थानीयवासीले बिहान ८:३० बजे मकैबारीभित्र मृत गैंडा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयका टोली तत्काल घटनास्थल पुगेका छन् र अनुसन्धान जारी छ। १ जेठ, काठमाडौं।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मृत गैंडा रहेको सूचना स्थानीयले बिहान ८:३० बजेतिर दिएका थिए। त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयका टोली सो क्षेत्रमै पुगेका थिए। प्रहरीका अनुसार मृत गैंडामा कुनै घाउचोट देखिएको छैन। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ।






