Skip to main content

युद्धका बेला यात्रुवाहक विमानहरूको उडान व्यवस्थापन कसरी गरिन्छ

एअर ट्राफिक कन्ट्रोल रुम

तस्बिर स्रोत, Getty Images

पछिल्ला १५ दिनयता इरान र खाडी क्षेत्रका आकाशमा ड्रोनहरू घुमिरहेका छन्, जसले गर्दा एअर ट्राफिक कन्ट्रोलरहरूले युद्ध क्षेत्रका साँघुरा र सुरक्षित आकाश मार्गहरूबाट यात्रुवाहक विमानहरूलाई संघर्षरहित पार गरिरहेका छन्।

फ्लाइट ट्रयाकर नक्सामा हेर्दा इजिप्ट र जोर्जियाको आकाश कति व्यस्त छ भन्ने स्पष्ट देखिन्छ।

एअर ट्राफिक कन्ट्रोलरहरूले नक्साका विभिन्न भागहरू अनुगमन गरेर कुन विमान आफ्नो निर्धारित मार्गमा छ र कुनले त्यसबाट बाहिरिएको छ पहिचान गर्छन्।

सामान्य अवस्थामा एक कन्ट्रोलर एक पटकमा छ वटा विमान व्यवस्थापन गर्न सक्षम हुन्छन्, तर युद्धको समयमा हेरिनुपर्ने विमानहरूको संख्या दोगुना हुन सक्छ।

“हाम्रो मस्तिष्कले २० देखि ३० मिनेटभित्र यस्तो स्तरको केन्द्रित ध्यान दिन सक्छ,” भन्छन् अवकाशप्राप्त एअर ट्राफिक कन्ट्रोलर ब्रेन रोश।