Skip to main content

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी अचानक इरानको तेहरान पुगे

२ जेठ, काठमाडौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी शनिबार अचानक इरानको राजधानी तेहरान पुगेका छन्। इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले नकवी पूर्वसूचनाबिना तेहरान पुगेको जनाएको छ। आईआरएनएले स्रोतलाई उद्धृत गर्दै पाकिस्तानका गृहमन्त्री नकवी तेहरानका केही उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने जानकारी दिएको छ।

इरान र अमेरिकाबीच जारी तनाव हटाउन कूटनीतिक प्रयास र वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ। सो क्रममा गृहमन्त्री नकवी अचानक तेहरान पुगेको अनुमान गरिएको छ। पाकिस्तानले तीन दशकपछि पहिलो पटक अमेरिका र इरानबीच प्रत्यक्ष शान्तिवार्ताको आयोजना गरेको थियो, तर अहिलेसम्म शान्तिवार्ता सफल हुन सकेको छैन।