
२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि जेनजी अगुवाहरूबाट रायसुझाव लिन लागेको छ। छलफलका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई बोलाएको छ। कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्ने समितिले जेनजी अगुवाहरूबाट रायसुझाव संकलन गर्ने उद्देश्यले बोलाएको हो। यसका लागि १८ जना जेनजी अगुवालाई पत्र पठाएको कांग्रेसले जनायो। जेनजी अगुवासँगको छलफलमा सभापति गगन थापा, संविधानविद् तेजमान श्रेष्ठ, प्रा. कृष्ण खनाल लगायतका सहभागी हुने जनाइएको छ।

