Skip to main content

रास्वपा सांसद केपी खनालद्वारा एसईई उत्तीर्ण ५५ विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति योजना घोषणा

रास्वपा सांसद केपी खनालले गरिब एवं विपन्न परिवारका ५५ विद्यार्थीका लागि ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत छात्रवृत्ति घोषणा गरेका छन्। उनले ‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षकमा छात्रवृत्ति कार्यक्रमका लागि फारम भर्न एउटा लिंक सेयर गरेका छन्। अभिभावकहरूले देखाएको आशालाई छात्रवृत्ति कार्यक्रममार्फत अभिभावकसम्म पु¥याउने प्रयास गरिएको उनले बताएका छन्। २ जेठ, काठमाडौं।

सांसद खनालले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको लागि छात्रवृत्ति योजना सार्वजनिक गरेका छन्। आफ्नो क्षेत्रमा रहेका गरिब, मेधावी र विपन्न परिवारका विद्यार्थीहरूलाई ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत ५५ विद्यार्थीलाई छात्रवृत्ति दिने उनको घोषणा छ। चुनावको समयमा अभिभावकहरूले देखाएको विश्वासलाई छात्रवृत्ति योजनामार्फत अभिभावकसम्म पुर्‍याउने प्रयास आफूले गरेको समेत उनले बताए।

‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षकका साथ पूर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी हुन फारम भर्न एउटा लिंक सेयर गरिएको छ। आफ्नो बसोबास क्षेत्रको नजिकको पालिका केन्द्र चयन गर्न आग्रह गर्दै बाँकी विवरण उनीहरूले भिडियो सन्देशमार्फत उपलब्ध गराउने जनाइएको छ।