
नेपाल क्रिकेट संघले एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्न लागेका महिला क्रिकेट टोलीलाई मंगलबार बिदाइ गर्ने घोषणा गरेको छ। एसियन गेम्स छनोट मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा आयोजना हुनेछ। क्यानका उपाध्यक्ष रोशन सिंहले भने, ‘क्यानले यति लगानी गरेपछि अब पालो नतिजा देखाउने हो’ भनी टोलीभित्र एकता आवश्यक भएको बताउनुभयो। ३ जेठ, काठमाडौं।
मलेसियामा हुन गइरहेका एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार दुई प्रतियोगितामा भाग लिन जाने टोलीलाई बिदाइ गरेको हो। उक्त टोली प्रतियोगिता खेल्न मंगलवार मलेसिया प्रस्थान गर्नेछ। एसियन गेम्स छनोट मे २३ देखि ३१ सम्म मलेसियामा हुनेछ भने प्रिमियर कप जुन १ देखि १३ सम्म आयोजना गरिनेछ।
क्रिकेट म्यानेजर विनोद दासका अनुसार नेपालले तयारीका लागि मे २० र २२ मा मलेसियाको टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका बनाएको छ। बिदाइ कार्यक्रममा कप्तान इन्दु बर्माले टोली चांगो तयारीमा रहेको र परिणामसहित फर्कनेमा विश्वास व्यक्त गरिन्। मुख्य प्रशिक्षक हर्षल पाठकले पनि राम्रो परिणाम आउनेमा भरोसा व्यक्त गर्नुभयो।
खेलाडीहरूलाई बिदाइ गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले अब नतिजा देखाउने बेला आएको बताउनुभयो। ‘क्यानले यति लगानी गरेपछि अब पालो नतिजा देखाउने हो,’ उहाँले भन्नुभयो, ‘टोलीमा एकता नभएसम्म राम्रो नतिजा आउँदैन।’
नेपाली टोली: इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबी पोद्दार, कविता जोशी, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, रिया शर्मा, मनीषा उपाध्याय र रुबिना क्षेत्री। वैकल्पिक खेलाडीहरू: सावित्री धामी, सोमु बिष्ट, सना प्रवीण र लक्ष्मी साउद।

