नेकपा एमालेले बल्खुमा औपचारिक सभा आयोजना गर्दै मदन भण्डारी र जीवराज आश्रितलाई सम्झ्यो

नेकपा एमालेले मदन भण्डारी र जीवराज आश्रितलाई सम्झँदै बल्खुमा औपचारिक सभा आयोजना गरेको छ। पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख वक्ता नियुक्त गरेको छ र ओलीसँग उनको सम्बन्धमा सुधार आएको देखिन्छ। एमालेले बल्खुमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने घोषणा पनि गरेको छ। ३ जेठ, काठमाडौं। मदननगर बल्खुले मदन भण्डारीलाई सम्झ्यो। केपी शर्मा ओलीले पनि मदनलाई सम्झँदा केही नोस्टाल्जिक भावलाग्दो अनुभव गरे। ओलीले फेसबुकमा लेखेका छन्, “घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृतिहरू अझ गाढा हुँदैनन्।”
एमालेका अन्य नेताहरूले बल्खुस्थित मदनको प्रतिमाअगाडि औपचारिक सभा गरी मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिए। पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सम्पन्नसभाको प्रमुख वक्ता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन्। उनले पार्टीलाई मदनको मार्गदर्शनअनुसार अघि बढ्न निर्देशन दिइन्। भण्डारीले भनिन्, “नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निभाएको छ।”
पूर्वराष्ट्रपति भण्डारीलाई करिब १० महिना अघि पार्टी सदस्यता नवीकरण नगरेको भन्दै एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाइएको थियो। तर आजको मदन–आश्रित सभामा उनलाई प्रमुख वक्ताको रूपमा मान्यता दिँदै एमालेका शीर्ष नेताहरू सहभागी भएका थिए। बल्खुको दृश्यले प्रष्ट देखाइरहेको थियो– एमालेको नीति तथा नेतृत्वमा केही न केही परिवर्तनहरु भइरहेको छ। अध्यक्ष ओली स्वास्थ्य कारणले उपस्थित हुन सक्नु भएको थिएन।
ओली र भण्डारीबीचको सम्बन्धमा सुधार देखिन्छ। गत २१ फागुन यता यी दुई नेताबीच भेटवार्ता बाक्लिएका छन्। भण्डारीले ओलीलाई निर्वाचन नतिजा समीक्षा गर्न सुझाव दिएकी थिइन्। यसपटक विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीको सहमति बिना सम्भव नहुने नेताहरूको तर्क छ।
आजको सभामा महासचिव शंकर पोखरेलले मदननगर बल्खुमा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन बन्ने घोषणा गरे। यो घोषणा अर्थपूर्ण छ। एमालेका नेताहरूले सुधारतर्फ उन्मुख रहेको सन्देश दिनका लागि बल्खुमै नयाँ भवन बनाउने निर्णय सार्वजनिक गरिएको हो।

