Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनपीएलमा आज दुई खेल, काठमाडौं र सुदूरपश्चिम शीर्ष दुईको होडमा

Advertisement800×200-1

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । समान आठ अंक जोडेका काठमाडौं र सुदूरपश्चिम अंक तालिकाको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लगातार चार खेल जितेको काठमाडौं र लगातार तीन खेल जितेको सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले शीर्ष दुईको होडमा असर पार्नेछ ।

जनकपुरसँग आठ विकेटले हारेपछि काठमाडौंले कर्णाली याक्स, विराटनगर किङ्स, लुम्बिनी लायन्स र चितवन राइनोजलाई लगातार हराएको थियो । पाँच खेलबाट आठ अंक जोडेको काठमाडौंको नेट रनरेट १.१६८ छ । सुदूरपश्चिमभन्दा एक खेल कम खेलेको काठमाडौंले आज जिते शीर्ष दुईमा पुग्ने सम्भावना बलियो बनाउनेछ ।

दुईपटकको उपविजेता सुदूरपश्चिमले छ खेलमा चार जित र दुई हार बेहोरेको छ । लुम्बिनी र विराटनगरसँग पराजित भएको टोलीले पोखरालाई हराएको थियो । त्यसपछि चितवन, कर्णाली र जनकपुरविरुद्ध लगातार जित निकालेको सुदूरपश्चिम आज पनि त्यही लय कायम राख्न चाहन्छ ।

साँझको खेलमा चितवन र जनकपुर दुवैलाई प्लेअफको सम्भावना जोगाउन जित आवश्यक छ । सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले पाँच खेलबाट पाँच अंक जोडेको छ । उसले विराटनगर र पोखरालाई हराएको थियो भने वर्षाका कारण लुम्बिनीसँग अंक बाँडेको थियो । सुदूरपश्चिम र काठमाडौंबाट पराजित चितवनलाई बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । जनकपुरले काठमाडौं र पोखरालाई हराएर चार अंक जोडेको छ । कर्णालीसँग हारबाट प्रतियोगिता सुरु गरेको जनकपुर पछिल्ला तीन खेलमा विराटनगर, लुम्बिनी र सुदूरपश्चिमसँग पराजित भएको थियो । आज जिते उसको छ अंक पुग्नेछ । प्लेअफ प्रवेशका लागि भने उसले अन्य टोलीका नतिजामा पनि भर पर्नुपर्नेछ । यसअघि बिहीबार साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई चार विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको थियो ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर