
संक्षिप्त समाचार समीक्षा गरिएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूमा छलफल सुरु हुँदैछ। छलफलपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गरिनेछ। छलफल सुरु हुनु अघि नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गर्न प्रस्ताव पेश गरिने छ। ४ जेठ, काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्नेछ। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल (कर प्रस्ताव बाहेक) सुरु हुने छ। बैठक बिहान ११ बजे बोलाइएको छ। विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि, यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिने छ। छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। उक्त प्रस्ताव समिति सभापति गणेश पराजुलीले पेश गर्ने अपेक्षा गरिएको छ।

