इरान युद्धपछि जापानमा आलुचिप्सका प्याकेटहरूमा ‘ब्ल्याक एन्ड ह्वाइट’ डिजाइन लागू हुने

इरान युद्धका कारण जापानमा आलुचिप्सका प्याकेट अब ‘ब्ल्याक एन्ड ह्वाइट’ ढाँचामा उपलब्ध गराइने भएको छ। जापानस्थित खाजाको प्याकेट उत्पादन गर्ने कम्पनी ‘क्याल्बी’ले आफ्नो आलुचिप्स प्याकेटहरू ‘सेतो र कालो’ रंगको खोलमा राखेर बिक्री गर्ने निर्णय सुनाएको छ। कम्पनीका अनुसार, इरान युद्धका कारण मसीको मूल्यमा वृद्धि हुँदा आफ्ना १४ वटा उत्पादनका प्याकेट डिजाइन परिवर्तन गर्नुपरेको हो। मे २५ देखि यी ‘सेतो र कालो’ खोल भएका प्याकेटहरू बजारमा उपलब्ध हुनेछन्।
केही विश्लेषकहरूले भने कम्पनीले आफ्ना उत्पादनहरू यसरी नयाँ तरिकाले बिक्री गर्न थालेको हुन सक्ने निष्कर्ष निकालेका छन्। इरान युद्ध सुरु भएपछि होर्मुज जलमार्ग बन्द हुँदा विश्वभर निर्यात हुने तेल र ग्यासको ठूलो मात्रा प्रभावित भएको छ। यसले विश्वभर दैनिक उपभोग्य वस्तुहरूमा विभिन्न किसिमका प्रतिकूल प्रभाव देखिन थालेका छन्।

