Skip to main content

इरानसँगको युद्ध चाँडै अन्त्य हुनेछ, तर परमाणु हतियार बनाउन दिइने छैन – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव चाँडै समाधान हुने र इरानलाई परमाणु हतियार विकास गर्न नदिने दाबी गरेका छन्। ट्रम्पले अमेरिकाले इरानमाथि ठूलो हमला गर्ने तयारी गरेको भए पनि कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सको आग्रहमा यसलाई स्थगित गरिएको बताएका छन्। अमेरिकाले इरानको विदेशी मुद्रा विनिमय कम्पनी र १९ वटा पानीजहाजमाथि नयाँ प्रतिबन्धहरू पनि लगाए । ६ जेठ, काठमाडौं।

अमेरिकी राष्ट्रपतिको भनाइ अनुसार इरानसँगको युद्ध छिट्टै अन्त्य हुने छ। उनले इरान वार्तामा इच्छुक रहेको र कुनै पनि हालतमा इरानलाई परमाणु हतियार बनाउन नदिने स्पष्ट बताएका छन्। ह्वाइट हाउसमा आयोजित सांसदहरूसँगको कार्यक्रममा ट्रम्पले भने, ‘हामी छिट्टै यो युद्ध समाप्त गर्ने तयारीमा छौं। उनीहरू सम्झौता गर्न चाहन्छन् र यस तनावबाट थकित छन्।’

ट्रम्पले इरान अझै आफ्नो परमाणु कार्यक्रममा केन्द्रित रहेको भए पनि अमेरिका त्यसलाई परमाणु हतियार विकास गर्न नदिने बताएको थिए। यो अभिव्यक्ति अमेरिकी सिनेटमा इरानविरुद्धको युद्ध रोक्न सम्बन्धित ‘वार पावर रिजोलुसन’ (युद्ध शक्ति प्रस्ताव) माथि छलफल हुँदा दिइएको हो। रिपब्लिकन बहुमत रहेको सिनेटले मंगलबार उक्त प्रस्तावलाई अगाडि बढाउने मत दिएको थियो।

ट्रम्पले बताए अनुसार अमेरिका इरानमाथि ठूलो हमला गर्ने योजनामा थियो तर कतार, साउदी अरब र युएईले वार्ताको अवसर दिन आग्रह गरेपछि हमला रोकेको जानकारी दिएका छन्। उनले नयाँ सैन्य कारबाही शुक्रबार, शनिबार वा अर्को हप्ताको शुरुमा हुन सक्ने चेतावनीसमेत दिएका छन्। इरानका राष्ट्रपति मसुद फजेस्कारले युरेनियम संवर्धन इरानको अधिकार रहेको र कुनै दबाबमा नझुक्ने बताएका छन्।