Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मलेसियाद्वारा नेपाललाई ६८ रनको लक्ष्य तोकिने

Advertisement800×200-1

मलेसियाले एसियन गेम्सको तयारीका लागि नेपाललाई पहिलो महिला टी-२०आई खेलमा ६८ रनको लक्ष्य दिएको छ। मलेसियाले १६.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको थियो। नेपालका पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए। ६ जेठ, काठमाडौं।

एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७-७ रन बनाए। नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन्। रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर