Skip to main content

भृकुटीमण्डपमा सीजी मोटर्सको महामेला एक्स्चेन्ज कार्निभल सुरु

सीजी मोटर्सले ६ देखि ११ जेठसम्म भृकुटीमण्डपमा महामेला एक्स्चेन्ज कार्निभल आयोजना गरेको छ। मेलाको पहिलो दिन गायक कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा रिडारा इकोन ४×४ र अपग्रेडेड किङ लङ १६ सिट सहित अनावरण गरिएको छ। ६ जेठ, काठमाडौं।

सीजी मोटर्सले महामेला एक्स्चेन्ज कार्निभल भृकुटीमण्डपमा आयोजना गरेको छ। जेठ ६ गतेदेखि ११ गतेसम्म चल्ने मेलाको पहिलो दिन प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी ६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रिडारा इकोन ४×४ र ‘अपग्रेडेड किङ लङ’ अनावरण गरिएको छ। नयाँ किङ लङ १६ सिट र ७५.४१ किलोवाट ब्लेड ब्याट्रीयुक्त छ। नयाँ किङ लङमा ४०० प्लस रेञ्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता छन्। जारी कार्निभल अन्तर्गत डायुनमा ३.९९ लाख रुपैयाँ डाउन पेमेन्ट, रिडारा इकोनमा ९.९९ लाख डाउनपेमेन्ट सुविधा उपलब्ध हुनेछ।

साथै आयोन र एक्स्पेङमा १२ लाखसम्म फाइदा लिन सकिन्छ। उत्कृष्ट मूल्याङ्कन र फाइनान्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्नेछन्।