प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक हासिल गरे

नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले मंगोलियाको उलानबातारमा सम्पन्न नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा ४० वर्षमुनि मिक्स पुम्से समूहमा रजत पदक प्राप्त गरेका छन्। त्यस्तै, प्रेम लिम्बूले ४० वर्षमुनि पुरुष एकल पुम्से वर्गमा कांस्य पदक पनि जितेका छन्। ६ जेठ, काठमाडौं। नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक प्राप्त गरेका छन्। मंगोलियाको उलानबातारमा आयोजना गरिएको सो प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्से वर्गमा रजत पदक जितेका हुन्। अघिल्लो दिन सोही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य पदक हात पारिसकेका थिए।

