Skip to main content

मकवानपुरका दूध उत्पादक किसानलाई १४ करोडभन्दा बढी भुक्तानी तत्काल उपलब्ध गराउन सांसद अधिकारीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारी आचार्यले किसानहरूलाई १५ दिन भित्र कृषिजन्य उत्पादनको मूल्य उपलब्ध गराउन कानूनी व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। उनले मकवानपुरका दूध उत्पादक किसानहरूको १४ करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताइन् र सम्पूर्ण देशका किसानहरूले मूल्य नपाउँदा युवाहरू खाडी देशहरूमा रोजगारीका लागि जान बाध्य भएको उनीहरूको चिन्ता पोखिन्। अधिकारीले भने, ‘खाद्यान्न मात्र नभई खाद्य आत्मनिर्भरता आवश्यक छ र किसानहरूले समयमा भुक्तानी नपाएसम्म देशको समृद्धि असम्भव छ।’

७ जेठ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारी आचार्यले किसानहरूलाई कृषिजन्य उत्पादनको मूल्य तुरुन्त उपलब्ध गराउने कानूनी प्रबन्ध गर्न सरकारलाई आग्रह गरिन्। प्रतिनिधिसभाको शून्य समयमा बिहीबार बोल्दै अधिकारीले किसानहरूले १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानूनी व्यवस्थाको माग गरिन्। उनले भनिन्, ‘म सरकारसँग आग्रह गर्छु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौत हुने कानूनी ग्यारेन्टी गरियोस्।’

अधिकारीका अनुसार, दूध, उखु, धान लगायतका उत्पादनहरूको मूल्य नपाउँदा युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक जान बाध्य छन्। उनले थपिन्, ‘मकवानपुरका दूध उत्पादक किसानहरूको १४ करोडभन्दा बढी भुक्तानी बाँकी छ। यो केवल मकवानपुर मात्र होइन, देशभरका उखु, दूध, धान लगायतका धेरै किसानहरूको साझा अवस्था हो।’

उनले प्रश्न गरिन्, ‘जब किसानले आफ्नो पसिनाको मूल्य महिनौं वा वर्षौं कुर्नुपर्छ, तिनीहरूले गाई–भैंसीको दाना र छोराछोरीको विद्यालय शुल्क कसरी समयमा तिर्छन्? यस कारणले गर्दा आजका ऊर्जावान युवाहरू उर्वर भूमिलाई बाँझो छाडेर खाडी मरुभूमिमा जान बाध्य छन्। किसानको खल्ती खाली बनाएर देशमा समृद्धि सम्भव छैन।’

अधिकारीले देशमा खाद्यान्न मात्र होइन, खाद्य आत्मनिर्भरता पनि आवश्यक रहेको कुरा जोड दिइन्।